स्वास्थ्य परामर्श सेवा आवेदन फारम

दक्षिण कोरियामा रहनु भएका गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया (NRNA कोरिया)का पंजीकृत सदस्य तथा अन्य महानुभावहरुले कोरिया बसोबास गर्ने क्रममा भोग्नु परेका स्वास्थ्य समस्याहरुलाई लिएर चिन्तित हुनुहुन्छ भने काठमाडौं विश्वविद्यालय अन्तर्गत रहेको DHULIKHEL HOSPITAL- KATHMANDU UNIVERSITY HOSPITAL का नेपाली डाक्टरहरुसंग परामर्श लिएर स्वास्थ्य-लाभ लिन सक्नुहुनेछ ।

परामर्श सेवाका लागि तल उल्लेखित गुगल फारम भरेर आवेदन दिनुहोला ।

https://forms.gle/25xMoXuZDPKVikKM8

– गुगल फाराम भर्दा सके सम्म आफ्नो समस्याको बिस्तृत जानकारी उपलब्ध गराईदिनु होला।
– परामर्श सेवा प्रत्येक आइतवार हुने छ।
– परामर्शको लागि समय तालिका र zoom meeting link तपाइलाई email वा अन्य माध्यमबाट उपलब्ध गराइने छ।
– परामर्शमा सहभागी हुदा यस अघिका मेडिकल कागजातहरु छन् र परामर्शदातालाई देखाउन चाहनुहुन्छ भने nrnasouthkorea@gmail.com मा आफ्नो कागजात पठाउन सक्नु हुने छ।

सम्पर्कको लागि
NRNA दक्षिण कोरियाको कार्यालय
070-4160-0335
010-4848-4923